एसओएस गण्डकीका सचेतले ल्याए ४ जिपिए
पाेखरा | असार १३, २०८१
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीवार बिहान प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिए ।
एसइईमा अक्षराङ्कन पद्धति अवलम्बन गरिएपछि एसओएस गण्डकीबाट ४ जिपिएसहित सचेतले नयाँ अभिलेख कायम गरेको प्रधानाध्यापक सुवेदीले बताए ।
परीक्षाको तयारीमा आफ्नो निरन्तरको साधना तथा शिक्षकहरूको रचनात्मक पृष्ठपोषण र हौसलबाट आफूले यो सफलता हासिल गरेको छात्र सचेत सुवेदीले बताए । ‘सबै विषयलाई समान महत्त्व प्रदान गरी तयारी गर्दा मैले आज यो सफलता प्राप्त गर्दा खुसी लागेको छ ।’ उत्कृष्टता हासिल गर्ने छात्र सचेतले भने, ‘यस सफलताका पछाडि मेरा अभिभावकहरूको पनि सदैव उत्प्रेरणादायी भूमिका रह्यो ।’
विद्यालयका तर्फबाट यस वर्षको एसइईमा सहभागी ८८ जना विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ जना विद्यार्थी रहेको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बुढाले बताए ।
त्यस्तै ५१ जना विद्यार्थीले ३.६ भन्दा माथि, १५ जना विद्यार्थीले ३.२ भन्दा माथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको सहप्रधानाध्यापक बूढाले जानकारी दिए ।
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकी अनाथ, असहाय र परित्यक्त बालबालिकाका अतिरिक्त समुदायका अन्य बालबालिकाहरूलाई समेत शैक्षिक सेवा प्रदान गर्दै आइरहेको उत्कृष्ट शैक्षिक संस्था हो ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

